बाघ बच्छला मन्दिर चुलीको नवनिर्मित भवनको उद्घाटन

धादिङ,२ बैशाख
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघबच्छला मन्दिरको नयाँ बर्षको अवसर पारेर उद्घाटन गरीएको छ । प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मन्दिरको बैशाख १ गते वडा अध्यक्ष विशाल लुङ्गेली मगरले उद्घाटन गर्नुभएको हो । धार्मिक तथा ऐतिहासिक उक्त मन्दिर भुकम्पको समयमा जिर्ण बनेको थियो । वडा अध्यक्ष विशाल लुङ्गेली र स्थानीयको चासोको बाबजुत मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरको प्रमुख आतिथ्यता रहेको थियो ।वडा सदस्य सुनिल तामाङको विशेष आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति राजु थापा, नेपाली काँग्रेसका वडा सभापति मनोज भुजेल, गोगनपानी साना किसान कृषि सहकारी संस्थाका बद्री प्रसाद रुपाखेती, उज्यालो युवा समाजका अध्यक्ष हरिप्रसाद अधिकारी, गोगनपानी साना किसान कृषि सहकारी संस्था अन्तर समूह–२ का अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष बलबहादुर नेपाल प्रबन्धक सञ्जय सुवेदी, जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन तामाङ लगायतको उपस्थिति रहेको थियो।

मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष विशाल लुङगेली मगरले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको समग्र विकासमा ध्यान दिएको बताउनुभयो । वडा भित्रका समस्याहरुलाई पालिका,प्रदेश र संघ सम्म लगेर बजेट माग्ने काम गरेको भन्दै उहाँले सिमित बजेटका विच पनि जनअपेक्षा अनुसार काम गईरहेको बताउनुभयो । आगामी दिनमा पनि वडाका नागरिकहरुका भावना अनसार काम गर्दै जाने प्रतिवद्धता व्वक्त गर्नुभएको छ । मन्दिरको पुनर्निर्माणसँगै धार्मिक आस्था अभिवृद्धि हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। कार्यक्रमको उद्घोषक रुपमा सक्षम नेपालले गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २३, बुधबार १७:०३कर्मचारी ट्रेड युनियनका साइनबोर्ड हटाइयो, खाली गराइँदै कार्यालय
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २३, बुधबार १३:५८वीर अस्पतालका निर्देशक डा.शर्माले पनि दिए राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २३, बुधबार १०:३८चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने
खेलकुद२०८३ बैशाख २३, बुधबार १०:३५दिल्लीविरुद्ध चेन्नई विजयी, आज हैदरावाद र पञ्जाव भिड्दै « रिपोर्टर्स नेपाल








