आईपीएलमा आज दुई वटा खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । शनिबार भएको खेलमा हैदरावादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाएको हो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । जितसँगै हैदराबाद १३ अंकसहित तालिकाको शीर्ष चारमा उक्लिएको छ ।
त्यस्तै, शनिबारै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलोर आरसीबीलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीले एक बल बाँकी रहँदै १ सय ७६ रनको लक्ष्य पूरा गरेको हो । जितसँगै दिल्ली तालिकाको छैठौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज पहिलो खेल कोलकताको इडेन गार्डेन मैदानमा दिउँसो पौने ४ बजेदेखि कोलकता नाइट राइर्डस् र राजस्थान रोयल्स्बीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, राति पौने ८ बजेदेखि चण्डीगढमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्टबीच खेल हुँदै छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









