ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन « रिपोर्टर्स नेपाल

ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख ६ । कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।

ब्रोइलरको मासु खाएर मान्छे बिरामी परेको र दुई जनाको ज्यान गएको घटनापछि प्रयोगशालाको प्राविधिक टोली खटेर चुरे गाउँपालिकामा रहेको विकास पोल्ट्री फार्ममा मरेका कुखुुराको नमूना परीक्षण गरेको थियो । परीक्षण गर्दा कुखुरामा हानिकारक सङ्क्रमण फेला नपरेको प्रयोगशालाका प्रमुख डा नरेशप्रसाद जोशीले जानकारी दिए । उनले बर्डफ्लू पनि नेगेटिभ आएको बताए ।

जोशीका अनुसार मासु खाएर बिरामी पर्नुको कारण कुनै सङ्क्रमण नभइ सडेगलेका मासु खाएर भएको देखिन्छ । उहाँले बिरामी परेको परिवारले चार दिनसम्म पोलेर सडेगलेको मासु खाएको खुल्न आएकोले फूड प्वाइजन भएको हुन सक्ने बताए ।

मरेको ब्रोइलरको मासु खाएर चुरे गाउँपालिका–३, भक्तपुरका आठ वर्षीय भीम ताम्राकार र पाँच वर्षीय दीपकको उपचारको क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको थियो ।

मृतकका आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =  

Protected by Spam Master