‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक

काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् ।
लोकलयमा आधारित मूल गीत रुचाइएको कारण र्याप भर्सन पनि दर्शकले मन पराउने निर्माण टिमको विश्वास छ । सुमित पाठकको संगीत रहेको गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर छ भने शब्द हर्क साउदले लेखेका हुन् । नेपाल आइडल सिजन–२ का उपविजेता सुमितले यसै फिल्ममार्फत फिल्म संगीतमा डेब्यु गरेका हुन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरल प्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।
अभिमन्यु दीक्षित निर्माता रहेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन् । जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टिममा आबद्ध छन् ।
लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा र कीर्ति जोशीको मेकअप रहेको छ । मर्णा जेम्स प्रमुख सहायक निर्देशक रहेकी छन् भने शर्मिला आले र मीरा खड्काले सहायक निर्देशकका रूपमा काम गरेका छन् ।
महिलाको नेतृत्वमा निर्माण भएको यस फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले निर्माण गरेका हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २०:०१शन्त कुमार राईको ‘बेरंगी’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १८, शुक्रबार १७:५१दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
समाचार२०८३ बैशाख १८, शुक्रबार १६:४६अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता








