चन्द्रनगरपालिकाले आफ्नो नगरमा छायाँकन गर्ने नेपाली फिल्मलाई अनुदान दिने

चन्द्रनगरपालिकाले आफ्नो नगरमा छायाँकन गर्ने नेपाली फिल्मलाई अनुदान दिने

काठमाडौँ । चन्द्रनगर गाउँपालिकाले सर्लाहीस्थित ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई चलचित्र छायांकन स्थलका रूपमा प्रयोग गर्ने नेपाली सिनेमालाई अनुदान दिने घोषणा गरेको छ ।

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष राजकुमार महतोले यस्तो घोषणा गरेका हुन् । उनले आगामी वर्षको बजेटमा यसको व्यवस्था गर्न लागिएको बताए। केहि दिन अघि मात्र चन्द्रनगर गाउँपालिकामा तिन दिने फिल्म फेस्टिभल सभ्य र भब्य रुपमा सम्पन्न गरिएको छ। महोत्सवमा सहभागी हुन राजधानी काठमाडौँबाट दुइ दर्जन भन्दा बढी चलचित्रकर्मी तथा पत्रकारहरु उक्त स्थानमा पुगेका थिए।

यस्तो घोषणासँगै ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई चलचित्र छायांकन स्थलका रूपमा समावेश गर्न चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन औपचारिक अनुरोधसमेत गरेको छ।

गाउँपालिकाका अनुसार नेपाल सरकारले चलचित्र तथा गीत छायांकनका लागि महत्वपूर्ण स्थलहरूको विवरण समेटेर प्रकाशन गरेको “फिल्मिङ्ग इन नेपाल: द अल्टिमेट ट्राभल गाइड टु फिल्म साइट्स” नामक स्रोत पुस्तकले फिल्म निर्माताहरूका लागि उपयोगी मार्गदर्शन प्रदान गर्दै आएको छ।

यसै सन्दर्भमा, द्धापर युग र महाभारतकालीन यक्ष दह मानिने करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताललाई उक्त गाइड तथा चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइटको “फिल्मिङ इन नेपाल” सेक्सनमा समावेश गर्न माग गरिएको छ।

गाउँपालिकाले नाढीमन ताललाई डिजिटल रूपमा वेबसाइटमा समावेश गर्नुका साथै आगामी प्रकाशन हुने पुस्तकको ई–बुक तथा प्रिन्ट संस्करणमा पनि स्थान दिन आग्रह गरेको छ।

चन्द्रनगर गाउँपालिकाले यस कदमले नाढीमन तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढ्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि चलचित्र विकास बोर्ड नेपालप्रति आभार प्रकट गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   8   =  

Protected by Spam Master