गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

धादिङ, जेठ ०१ गते ।
धादिङको गजुरी गाउँपालिकामा १५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत वडा नं. ३ मा संचालन भएको तालिम सम्पन्न भएको हो ।

तालिम बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा र गजुरी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको हो ।
कृषकहरूलाई मौरी पालनसम्बन्धी व्यवहारिक र प्राविधिक ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउने, कृषि उत्पादन वृद्धि गर्ने र अतिरिक्त आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।

१५ दिनसम्म संचालन भएको तालिममा मौरी पालन विषयमा विशेषज्ञ नारायण घिमिरेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

तालिमले गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश सरकारसँग समन्वय गरेर यस्ता तालिमहरू अझ प्रभावकारी र व्यावहारिक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिमMay be an image of 7 people and text

May be an image of 6 people and text that says "गी महिला सशकि्तिकरण कार्यत्म अन्तर्गत अनदवंत लम देने मोरोपालल स्मापन समा क C 一"

May be an image of 6 people and text that says "महिला.क्ीिीकरण महिला क्करण कार्यत्रम कारयजज अनदिग्त लम दिने ल समा काकोजद -"

May be an image of 6 people, people studying and text

May be an image of 9 people, dais and text

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =  

Protected by Spam Master