सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु

सिरहा, १२ कात्तिक । खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सिरहाको धनगढीमाईमा आजदेखि ‘प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
वीर युवा क्रिकेट क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नगरभित्रका १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक क्लबका अध्यक्ष वीरेन्द्रकुमार यादवले मधेस क्रिकेटका लागि उर्वरभूमि भएको उल्लेख गर्दै प्रतियोगिताले लुकेर रहेका खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यहाँ क्षमता भएर पनि ओझेलमा परेका खेलाडीहरूलाई यो मञ्चले आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।”
खेलकुद क्षेत्रको विकास र युवाहरूको क्षमता पहिचान गर्न तथा उनीहरूलाई सही बाटोमा डोहोर्याउन यो कार्यले महत्त्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख शिवशङ्कर महता बताए । उनले स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरूको आयोजना हुनु सकारात्मक कार्य भएको बताउँदै आयोजकको प्रशंसा गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । खेल धनगढीमाई-५ स्थित गोठचोक मैदानमा सञ्चालन हुनेछन् । यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रियस्तरको क्रिकेटका लागि तयार गर्न र नगरमा खेल संस्कृतिको विकासमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १३, बुधबार १६:१४रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते
खेलकुद२०८२ कार्तिक १३, बुधबार १२:३९सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु
समाचार२०८२ कार्तिक १३, बुधबार ०८:३२काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्यो : गृहमन्त्री अर्याल
समाचार२०८२ कार्तिक १३, बुधबार ०७:१३दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा








