सुन ७ सयले सस्तो, चाँदी ४५ रुपैयाँले महँगियो

काठमाडौं । देशभर बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा पुगेको छ। मंगलबार यसै सुनको भाउ २ लाख ३७ हजार रुपैयाँ तोकिएको थियो।
महासंघका अनुसार यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दरमा पुगेको थियो, प्रतितोला २ लाख ५८ हजार रुपैयाँ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय अनुसार बिहान ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। अघिल्लो दिन २९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँ पुगेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19888, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









