आज देखि लैङगिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन

आज देखि लैङगिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन भएको छ ।
राष्द्रिय नारा प्रविधिको सही प्रयोग गरौ५ लैङगिक हिंसा अन्त्य गरौ भन्ने नाराको साथ यहि मंसिर ९गते देखि २४ मंसिर अर्थात २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म विभिन्न सचेतनात्मक कार्यक्रम गरि मनाइने छ ।
लैङगिक हिंसा विरुद्दको १६ दिने अभियानको आज पहिलो दिन एकीकृत सेवा कार्यालय मुस्ताङको आयोजनामा प्रफातफेरी –याली निकालीएको थियो।
–यालीमा आमा समुह, विद्यार्थी, आम नागरिक, गैर सरकारी संस्था लगायतले –यालीमा सहभागिता जनाएका थिए भने –याली पुथाङ एयरर्पोट देखि जिल्ला प्रशासन अगाडिसम्म बढेको थियो।
सो आयोजित कार्यक्तमलाई संचालन एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जिले गर्नुभएको थियो।
उक्त कार्यक्तमा शुभकामना मन्तव्य घरपझोङ गा.पा.का अध्यक्ष मोहन सिंह लालचन,जिल्ला समन्वय समितिका उपप्रमुख एवम प्रमुख जिल्ला अधिकारीले दिएका थिए ।
त्यस्तै प्रतिद्धता सहितको व्यानरमा हस्ताक्षर अभियान सुरुवात गरिएको थियो ।
१६ दिने अभियान कार्याक्रम अन्तरगत आगामी संचालन हुने कार्याक्रम सरसफाइ, अभिमुखीकरण,साइबर अपराध तथा लैङगिक हिंसा सम्बन्धित कानुन बारे सचेतनात्मक गोष्ठी लगायत अभियान संचालन हुनेछन ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








