संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल

काठमाडौँ- प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले गरेको सम्बोधनका विषयमा एमाले सचिवालय बैठकमा छलफल भएको छ ।
पार्टी मुख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा बादलले संसदमा गरेको सम्बोधनका विषयमा छलफल हुँदै त्यसबारे स्पष्ट समेत पार्ने निर्णय गरेको छ ।
बैठकमा संसदीय दलका नेताले थापाले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
उहाँले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता बादलले नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको भन्दै त्यस संस्था निकायहरुलाई समेत बधाई दिनु भएको थियो। जुन विषयलाई लिएर एमाले भित्रबाटै विरोध भएको थियो ।
यस्तै बैठकले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन माग गरेको उपमहासचिव भट्टले बताउनुभयो ।
बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ ।
बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिनुको साथै उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको समेत गरेको उहाँले बताउनुभयो । पार्टी कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ ।
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णय स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले उक्त निर्णय पनि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
बैठकले पश्चिम एशियामा जारी हिंसाका कारण लाखौँ नेपालीहरू असुरक्षित बनेका भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख १०, बिहीबार १९:३९संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन
समाचार२०८३ बैशाख १०, बिहीबार १९:१४बुढाथुम स्वास्थ्य चौकीमा बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान सञ्चालन हुँदै
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’







