पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न

धादिङ,२० चैत
धादिङबेसीमा पत्रकार तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा धादिङको सहकार्यमा कार्यक्रम गरिएको हो ।कार्यक्रममा डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, प्रविधिको प्रभाव तथा एआईको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गरिनुका साथै डिजिटल सामग्री उत्पादन, तथ्य जाँचबारे प्रशिक्षण दिइएको थियो ।कार्यक्रममा गोरखपत्र संस्थानका सह–सम्पादक अजय शर्मा र ग्लोबल कन्सल्टीङ एण्ड बिजनेस सर्भिस प्राइबेट लिमिटेडका राजन न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले डिजिटल माध्यमबाट प्रवाह हुने भ्रामक सामग्रीले समग्र पत्रकारिता जगतलाई नै कमजोर बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।चुनौती चिर्न सञ्चारकर्मीहरू प्रविधिमैत्री र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै अध्यक्ष सारु मगरले सरकारको पछिल्लो कदमप्रति भने आपत्ति जनाउनुभयो । सरकारले सरकारी सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन र प्रसारण गर्न तीनवटै तहका निकायलाई गरेको परिपत्रले निजी सञ्चार माध्यमलाई पाखा लगाउन खोजेको उहाँको भनाई छ ।‘सरकारी खर्चमा मितव्ययिता, पारदर्शिता र एकरुपता ल्याउने बहानामा निजी क्षेत्रका सञ्चार माध्यमलाई संकुचित बनाउन खोज्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो, नयाँ सरकारले निजी सञ्चार माध्यमको अस्तित्व संकटमा पार्ने गरी ल्याएको यस्तो परिपत्र कुनै पनि हालतमा मान्य हुँदैन’ उहाँले भन्नुभयो ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले सञ्चारकर्मीहरूका लागि सञ्चालित डिजिटल पत्रकारिता तालिमले जिल्लाको पत्रकारितालाई थप जिम्मेवार र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउँदा मात्रै लोकतन्त्र बलियो हुने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








