फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर

मन्त्री किरातीले फिल्मले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको जनाए ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले फिल्मले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याए । ‘फिल्मलाई शुभकामनाले मात्र हुँदैन । फिल्म भित्र चाहिने हरेक कुरा हुनुपर्छ । फिल्म क्षेत्रमा नयाँ मान्छे आएनन् भने फिल्म क्षेत्र चलायमान हुँदैन’, उनले भने ।
फिल्मका निर्माता हट मिलन राईले म यस क्षेत्रको लागि विल्कुलै नयाँ रहेको छु । हाम्रा धेरै कमी कमजोरी हुन सक्छन् । फिल्म विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशहरुमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने ।
शिव आर जीको निर्देशन रहेको फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।
एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता छन् । फिल्ममा रामकृष्ण खरेलको छायांकन छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १४, शनिबार ०७:१०प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो- गृहमन्त्री गुरुङ
समाचार२०८२ चैत्र १३, शुक्रबार १७:५०नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न, ९० जना विद्यार्थी दीक्षित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण







