ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

धादिङ,१४ असोज 

आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर दिवस मनाइएको छ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

धादिङमा नगरपालिका ज्येष्ठ नागरीक संघ तथा जिल्ला ज्येष्ठ नागरीक संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।कार्यक्रममा ९० वर्षीया एकल महिला ठ कुमारी ढुंगाना, अपाङ्गता भएका ७० वर्षीय गोरे कुमाल, ९० वर्षीय दलित बिरबहादुर नेपाली र ज्येष्ठ नागरिक ९० वर्षीय नीरबहादुर अधिकारी, सीता लम्साल, नन्दकुमारी श्रेष्ठलाई दोसल्ला ओढाएर र पौष्टिक आहार वितरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई यात्रु बस तथा सबै किसिमको सरकारी सेवामा सहुलियत दिने व्यवस्था रहेकोले अधिकार खोजेर लिनका लागि आग्रह गरिएको छ । कार्यक्रमलाई सम्बोधन गनुहुँदै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको हितका लागि कार्यक्रम ल्याएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ज्येष्ठ नागरिक वासुदेव लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमलाई सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, प्रहरी उपरीक्षक गौतम मिश्र, नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, साहित्यकार बद्री दाहाल, लगायतले शुभकामना दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित


मन पर्यो

खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   8   =