Home समाचार ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

0
ज्येष्ठ नागरिक दिवसका अवसरमा नीलकण्ठका ६ जना ज्येष्ठ नागरिक सम्मानित

धादिङ,१४ असोज 

आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर दिवस मनाइएको छ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

धादिङमा नगरपालिका ज्येष्ठ नागरीक संघ तथा जिल्ला ज्येष्ठ नागरीक संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।कार्यक्रममा ९० वर्षीया एकल महिला ठ कुमारी ढुंगाना, अपाङ्गता भएका ७० वर्षीय गोरे कुमाल, ९० वर्षीय दलित बिरबहादुर नेपाली र ज्येष्ठ नागरिक ९० वर्षीय नीरबहादुर अधिकारी, सीता लम्साल, नन्दकुमारी श्रेष्ठलाई दोसल्ला ओढाएर र पौष्टिक आहार वितरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई यात्रु बस तथा सबै किसिमको सरकारी सेवामा सहुलियत दिने व्यवस्था रहेकोले अधिकार खोजेर लिनका लागि आग्रह गरिएको छ । कार्यक्रमलाई सम्बोधन गनुहुँदै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको हितका लागि कार्यक्रम ल्याएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ज्येष्ठ नागरिक वासुदेव लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमलाई सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, प्रहरी उपरीक्षक गौतम मिश्र, नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, साहित्यकार बद्री दाहाल, लगायतले शुभकामना दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो


मन पर्यो

खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here