धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

धादिङ,१ असार
धादिङबाट अमेरिका गएर बसोबास गर्दै आएकाहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन हुनुभएको छ ।
आइतबार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा गंगाजमुना गाउँपालिकाका हिमाल सागर अधिकारी हुँदा वरिष्ठ उपाध्यक्षमा राजकुमार गुरुङ, उपाध्यक्षमा राम मल्ल ठकुरी, महासचिवमा हरि गिरी, सचिवमा बलराम श्रेष्ठ(रमन) कोषाध्यक्षमा एलन तामाङ र सह कोषाध्यक्षमा रामचन्द्र उप्रेती चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा अमिर तामाङ,अर्जुन वोगटी,बिबेक बर्जाचार्य,दिनेश नहकर्मी,किसान अधिकारी,मनिराम भट्ट नविन रिजाल,राज कुमार श्रेष्ठ,रेसम अधिकारी,संन्दिप धरेल,श्रीराम खतिवडा र देवेन्द्र गिरी चयन हुनुभएको छ ।
नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रमुखमा रामहरि अधिकारी र सदस्यद्वयमा दिवाकर पाण्डे र कुलप्रसाद गौली रहनुभएको थियो । धादिङ नेपाली समाज अमेरिकाले जिल्लामा विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ । जिल्लामा अप्ठेरो परेको बेला वा विपत्ति जस्ता घट्नामा आर्थिक सहयोग गर्नुको साथै विद्यालयमा शैक्षिक सामाग्री वितरण,स्वास्थ्य शिविर लगायतको कार्यहरु सन्चालन गर्दै आईरहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा
खेलकुद२०८३ श्रावण ११, सोमबार १०:११नामिवियासँग भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो








