ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल

ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल

काठमाडौं, असार १ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एक÷एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए ।

खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा ट्युनिसियाका ओमारले एक गोल फर्काए ।

यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५–१ गोलको जित निकाल्यो । जितपछि स्वीडेनले शीर्ष तीन अङ्क जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै समान एक÷एक अङ्क बाँडेका थिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =