चलचित्र ‘बालापन’ को प्रिमियर सम्पन्न

मन्त्री किराँतीले चलचित्रले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि चलचित्र मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको जनाए ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याए । ‘फिल्मलाई शुभकामनाले मात्र हुँदैन । चलचित्र भित्र चाहिने हरेक कुरा हुनुपर्छ । चलचित्र क्षेत्रमा नयाँ मान्छे आएनन् भने चलचित्र क्षेत्र चलायमान हुँदैन’, उनले भने ।
फिल्मका निर्माता हट मिलन राईले म यस क्षेत्रको लागि विल्कुलै नयाँ रहेको छु । हाम्रा धेरै कमी कमजोरी हुन सक्छन् । फिल्म विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशहरुमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने ।
शिव आर जीको निर्देशन रहेको चलचित्रमा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।
एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता छन् । चलचित्रमा रामकृष्ण खरेलको छायांकन छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा








