काठमाण्डाैमा ७६ सहित उपत्यकामा थप ८७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाैमा ७६ सहित उपत्यकामा थप ८७ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकामा ८७ सहित देशैभर तीन सय ६० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार काठमाण्डौमा ७६, ललितपुरका १० र भक्तपुरका एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लाे केही हप्तायता काठमाण्डाैमा उपत्यकामा पनि काेराेनाकाे जाेखिम बढ्दै गएकाे छ । यही अवस्थालाई ध्यानमा राखी काठमाण्डाै उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकामा काेराेनाकाे परीक्षणलाई तीव्र बनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *