बोक्सीको आरोपमा एक बृद्धाको हत्या

बोक्सीको आरोपमा एक बृद्धाको हत्या

धादिङ- उत्तरी धादिङको नेत्रावती गाउँपालिकास्थित वडा नम्वर ४ हजारे भन्ने स्थानमा बोक्सीको आरोपमा एक बृद्धाको हत्या भएको छ ।

आफुलाई बोक्सी लगाएर कुप्रो बनाई दिएको आरोपमा हजारे निवासी ३५ वर्षीय मंगल गुरुङ्गले धारिलो हतियारको प्रयोग गरी ७० वर्षीय सुकुमाया गुरुङ्गको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनुभएको छ ।

हत्याको आरोपित गुरुङ्ग केही वर्षअघि नेपाली सेनामा जागिर खान गएको र कुप्रो भएको कारण सेनामा भर्ती हुन नपाएपछि गाउँमै धामी लगाएर हेर्दा सुकुमायाले बोक्सी लगाई दिएका कारण कुप्रो भएको र जागिर खान नपाएको भनेपछि सोही रिसका कारण हत्या गरेको स्विकारेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको हो ।

घटनाका आरोपित मंगल गुरुङ्गलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । निजलाई कर्तव्य ज्यानमा मुद्दा चलाईने पनि जानकारी प्रहरीले दिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   4   =