मेघगर्जनसहित पानी पर्ने काठमाण्डौ र देशका केही ठाउँहरुमा

मेघगर्जनसहित पानी पर्ने  काठमाण्डौ र  देशका केही ठाउँहरुमा
Share this

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा आज पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।

दिनभरजसो नै देशभर आज आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

प्रदेश-१ लगायत पहाडका केही ठाउँमा आज राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ।

आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

अन्तिम अपडेट: 2021-May-01 समय 9:06 AM

218 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com