काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक तथा मोडल प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासडर अभिनेत्री केकी अधिकारीका साथमा सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२ औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पु-याएको बताए । त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दैे १२औं शाखासम्म पुगेकोे बताइन् ।

कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् । एकेडेमीले आफ्नो १२ औं शाखा बिस्तार गरिसकुन्जेल यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला श-शक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।

प्रकाश सपुत र केकी अधिकारीको मुख्य अभिनय रहेको चलचित्र ‘परदेशी २’ यहि शुक्रवारबाट प्रदर्शनमा आउंदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *