Breaking News

चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपालमा

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा ‘परदेशी २’ निर्माण गरिएकाले चलचित्र हेरिदिन दर्शकलाई आग्रह गरेको छ । पत्रकार भेटघाटमा चलचित्रका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेश वंशल उपस्थिति थिए ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा चलचित्र बनेकाले सम्पुर्णले ‘परदेशी २’ हेर्न नछुटाउनु अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भएपनी कहिले नमर्ने कथा ‘परदेशी २’ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा चलचित्र निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । फिल्म युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो चलचित्रमार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । चलचित्रको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

About असल खबर

Check Also

ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट

काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *