दयाहाङ र सौगातको चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। गणतन्त्र दिवसको अवसर पारेर आगामी वर्षको जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री तेरिया मगरलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा दयाहाङ र सौगात बोलेरो जिपको अगाडि बसेर एकअर्कासँग पञ्जा लडाइरहेको दृश्य देखिन्छ, जसले मित्रता र प्रतिस्पर्धाको संकेत गर्छ।
मित्रता, प्रतिस्पर्धा र संस्कृतिलाई समेटेर निर्माण गरिएको ‘मितज्यू’मार्फत विभिन्न अन्तर्राष्ट्रिय रियालिटी शोबाट चर्चा कमाएकी तेरियाले नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।
पोस्टरले चलचित्रको कथा ग्रामीण परिवेशमा आधारित रहेको र विशेषगरी मगर समुदायको जनजीवन तथा संस्कृतिसँग नजिकबाट जोडिएको स्पष्ट संकेत गर्दछ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस चलचित्रमा दयाहाङ, सौगात र तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।
जीएम मूभिज प्रोडक्सनको ब्यानरमा बनेको ‘मितज्यू’का निर्माता जनक घर्ती मगर हुन्। चलचित्रमा महेश राईको लेखन, शिशिर बिसंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









