उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

धादिङ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार राम बहादुर भण्डारी ले उत्तरी धादिङका विभिन्न बस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। पछिल्ला दिनमा उनले रुवीभ्याली र खनियाबास केन्द्रित कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्रता दिएका हुन्।

जनयुद्धकालीन आधार क्षेत्र मानिने रुवीभ्याली–५, लापामा आयोजित आमसभामा स्थानीयको उल्लेख्य उपस्थिति रहेको अभियान पक्षले जनाएको छ। कार्यक्रममा सहभागीहरूले भण्डारीलाई ‘तारा’ चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। रुवीभ्यालीकै सेर्तुङ, तिप्लिङ र चालिस क्षेत्रमा समेत घरदैलो, साना–ठूला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्। रुवीभ्यालीमा फागुन १०, ११ र १२ गते विशेष प्रचार अभियान सञ्चालन गरिएको थियो।

यसैगरी, खनियाबास गाउँपालिकाका विभिन्न वडामा पनि भण्डारीको चुनावी कार्यक्रम सम्पन्न भएको छ। खनियाबास–२, कलङम्रगमा आयोजित आमसभामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो भने खनियाबास–४, राउतेमा विशेष सभा गरिएको थियो। खनियाबास–३, कुरीमा आमसभा तथा बृचेतलगायतका गाउँमा समेत भेटघाट कार्यक्रम सम्पन्न भएको अभियान टोलीले जनाएको छ।

यसअघि गंगाजमुना गाउँपालिकामा समेत चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भइसकेको छ। उम्मेदवार भण्डारीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका ७ स्थानीय तहमध्ये ५ गाउँपालिका र १ नगरपालिकामा प्रचार कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएका छन्। आज र भोलि नेत्रावती डबजोङ गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाइएको छ।

उत्तरी भेगमा देखिएको सक्रियता र जनसहभागिताले निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =  

Protected by Spam Master