सेनाले फेला पार्‍यो सगरमाथामा मानव कंकाल

सेनाले फेला पार्‍यो सगरमाथामा मानव कंकाल

सगरमाथामा मानव कंकाल नेपाली सेनाले फेला पारेको छ।

सफा हिमाल अभियान–२०२१ अभियान अन्तर्गत सगरमाथा सफाइ नेपाली सेनाको नेतृत्वमा चलिरहेको क्रममा मानव कंकाल फेला परेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

दोस्रो क्याम्पमा २८ वैशाखमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो। दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकोप्टरमा लुक्ला पठाइएको छ।

त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *