ढिकुर पेाखरी समाज पेाखराले पोखरामा सकारात्मक सोच र क्षमता विकास प्रशिक्षण

पोखरा । ढिकुरपेाखरी समाज पोखराले सकारात्मक सोच एवं क्षमता बिकास कार्यक्रम गरेको छ ।
ढिकुरपेाखरी समाज पेाखराकेा आयेाजना र गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा मंगलवार सकारात्मक सेाच र क्षमता विकास प्रशिक्षण सम्पन्न भयेा । उक्त कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले सकारात्मक सोचले ब्यक्तीको जिबनमा सकारात्मक ऊर्जा पैदा गर्ने बताऊदै सकारात्मक सोचले नै व्यक्तिलाई सफल बनाउने बताउनु भयेा ।सकारात्मक सोचको कमि हुदा आजको समाज बिखण्डन, बिग्रह तथा कुलतको बाटोमा गएको भन्दै सकारात्मक सोच जिवनको लागी अपरिहार्य रहेकोमा जोड दिनु भएकेा थियेा ।

समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले आफ्नो क्षमता बिकास हुने र क्षमता बिकास भए आत्मनिर्भर हुन सकिने भन्दै सफल हुनको लागी सकारात्मक सोच निकै महत्वपूर्ण रहेको बताउनुभयो | उहाँले हरेक घर परिवारमा महिलाले क्षमता बिकास गर्दै आत्मनिर्भर बन्ने हो भने पारीवारीक तथा सामाजिक जिवन परिवर्तन गर्न सकिने कुरामा जेाड दिनुभयेा ।
कार्यक्रममा प्रशिक्षक बरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठले सोच जस्तो छ दृष्टि त्यस्तै हुने भन्दै संसार सृष्टिमा नभई दृष्टिमा भर पर्ने बताउनुभयो | ”बस्तु जस्तो छ त्यस्तो देखीदैन हामिले जस्तो सोच्छौ त्यस्तो देखिन्छ भन्दै जिवनमा जहिले पनी सकारात्मक सोच राख्नु पर्छ ।” उहाँले भन्नुभयो ।

अन्नपूर्ण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष इन्द्र प्रसाद पौडेलले सेाच परिवर्तन गर्नका लागि प्रविधिहरुकेा पनि सहि उपयेाग गरि सकारात्मक धारणा राख्नु पर्ने कुरामा जेाड दिनु भयेा ।
ढिकुर पोखरी घर भई पोखरा बस्दै आएका सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिव १०० जनाको उपस्थिति रहेको थियेा ।
कार्यक्रममा अन्नपूर्ण गाऊपालिकाका उपाध्यक्ष चन्द्रा देबकोटा अधिकारी, ढिकुर पोखरी समाज पोखराका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, पूर्व अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, ढिकुर समाज पोखराका अक्षयकोष संरक्षक कुल बहादुर गुरुङ कुलु, ढिकूर पोखरी समाज पोखराका सल्लाहकार मनपती अधिकारी लगायतले बेाल्नु भएकेा थियेा ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ भण्डारीले र संचालन सचिव गणेश अधिकारीले गर्नु भयेा ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18823, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १९:१६पत्रकारका लागि साइबर सुरक्षा सम्बन्धीे तालिम
समाचार२०८२ फाल्गुन १०, आईतवार १२:०५भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त







