नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई

नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई

काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ।

यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा गृहमन्त्री रमेश लेखकलाई बधाई दिन मंगलबार गृह मन्त्रालय पुगेकी थिइन्। मन्त्रीसँगको भेटपछि थापाले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश दिँदै भनिन्, “सन्तानलाई जन्म दिने आमा, पालनपोषण गर्ने आमा — तर नागरिकताको विषयमा किन बाबुको खोजी? अब यो विभेद अन्त्य भएको छ। आमाको नामबाट पनि नागरिकता पाइने सुनिश्चितताले देशभरिका आमाहरुको आँखा रसाउँछ।”

उनले थप लेखेकी छन्, “यो विधेयक पारित गर्नु ऐतिहासिक मात्र होइन, न्यायपूर्ण र साहसिक कदम पनि हो। नेपाल सरकार र विशेषगरी गृहमन्त्रीलाई हार्दिक धन्यवाद तथा शुभकामना। नागरिकताविहीन भएर पहिचानविहीनतामा बाँचेका हजारौं नेपालीका लागि यो आशाको किरण बनेको छ।”

गृहमन्त्री लेखकले शनिबार संसद्मा विधेयक पेस गर्दै आमाको नामबाट नागरिकता दिने संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै जोड दिएका थिए। विधेयक बहुमतले पारित भएसँगै, नेपाली आमाबाट जन्मिएका सन्तानले अब आमाकै नामबाट नागरिकता प्राप्त गर्न सक्नेछन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =  

Protected by Spam Master