मे ३० देखि खुला गरिने बन्द रहेको दूतावासकाे राहदानी सम्बन्धी सेवा : साउदी

मे ३० देखि खुला गरिने बन्द रहेको दूतावासकाे राहदानी सम्बन्धी सेवा  :  साउदी
Share this

साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि राहदानी सम्बन्धी सेवा खुला गर्ने जनाएको छ । फ्रन्ट डेस्कमा काम गर्ने आफ्ना कर्मचारीमा कोरोना संक्रमण भएपछि केही समयदेखि बन्द रहेको राहदानी सम्बन्धी सेवा मे ३० अर्थात आउँदो आइतबारदेखि खुला गर्ने भएको हो ।

राहदानी सेवाबाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहेको पनि दूतावासले जनाएको छ । दूतावासका अनुसार सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि बिहीबारसम्म राहदानी नवीकरणको काम हुनेछ भने बिहिबार र शुक्रबार राहदानी वितरण गरिने छ ।

कोरोना संक्रमणको दर बढ्दो अवस्थाका कारण दूतावासभन्दा बाहिर गएर राहदानी संकलन गर्न सक्ने सम्भावना नरहेको पनि दूतावासले प्रष्ट पारेको छ । त्यस्तै राहदानी नवीकरण गर्न चाहनेलाई दूतावासमै आउन आग्रह गरेको छ ।

राहदानी नवीकरण गर्न आउँदा सक्कल राहदानी, त्यसको एकप्रति फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य रुपमा ल्याउनुपर्ने छ । दूतावासमा फोटोकपी नगरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै कोरोना नियन्त्रण र रोकथामका लागि साउदी सरकारले जारी गरेका मापदण्डकाे पालना गर्न पनि त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: 2021-May-27 समय 4:14 PM

195 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com