नेपाल ६-२ गोल अन्तरले पराजित इराकसँगको मैत्रीपूर्ण खेलमा

नेपाल ६-२ गोल अन्तरले पराजित इराकसँगको मैत्रीपूर्ण खेलमा
Share this

इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएकाे छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो ।

इराकका आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियाे । नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल ब्यहोरेको हो ।

नेपालले २९ औं मिनेटमा अर्को गोल गरे पनि  रक्षापङ्क्तिको कमजोरीका कारण जित निकाल्न सकेन। अब नेपाली टिम आज कुवेत जानेछ । नेपालले विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा खेल्नेछ । नेपालले कुवेतमा जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।

अन्तिम अपडेट: 2021-May-30 समय 9:04 AM

93 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media