वेब सिरिज ‘कैँची’को टिजर सार्वजनिक गर्दै निर्माण घोषणा

काठमाडौँ। वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दिपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ ।
बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो रिलिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन् । यो सिरिजको निर्देशन पनि नरेश आफैले गर्दैछन् ।
बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा रहेका छन् । मित्र डि गुरुङको सम्पाद, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन, शैलेस श्रेष्डको ब्याकग्रराउण्ड म्युजिक, कबिन खड्काको मेकअप, निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








