जसपा नेता कर्णले भनुभयो अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ।

जसपा नेता कर्णले भनुभयो अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ।
Share this

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहको अब केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
तर जसपाको उपेन्द्र यादव समूह भने यस अघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यस समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचारिक रूपमा फुटको सङ्घारमा पुगेको छ ।
प्राविधिक रूपमा एउटै पार्टी भए पनि व्यावहारिक रूपमा उनीहरू फरक गतिविधिसहित अघि बढिरहेका छन् । विवाद बढ्दै जाँदा दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढेका छन् ।

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले–अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका छन् । उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको छ । त्यस्तै अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेकाे छ ।

दुवैले कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगले भने कारबाहीका लागि थप विवरण पेस गर्न माग गरेको छ ।

अन्तिम अपडेट: 2021-June-03 समय 3:56 PM

266 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com