रगतको अभाव दिनानुदिन बढ्दै, रक्तदान गर्न रक्तदाताहरुलाई आह्वान

धादिङबेशी । रगत संकलनको हिसावले प्रख्यात बनेको धादिङ जिल्लामा हाल रगतको अभाव हुन थालेको छ । अहिले धादिङ मात्रै होईन काठमाण्डौ,भक्तपुर लगाएतको स्थानमा समेत रगत अभाव भएको देखिन्छ ।
दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । हाल धादिङमा डेङ्गु , वैदेशिक रोजगारको लागि युवाहरु विदेश पलायन र चार्डपर्वको कारण रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष तथा बागमती प्रदेशका सदस्य नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
उहाँले चाडबाडको बेलामा रक्तदान लगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै माग अनुसार रगत उपलब्ध गराउन नसकेको बताउनु भएको छ । पहिला पहिला धादिङ बाटै काठमाण्डौ, भक्तपुर लगाएतको स्थानमा रगतको ब्यवस्थापन मिलाउथ्यौ अहिले रगत अभाव भएर हम्मे हम्मे भएको श्रेष्ठले बताउनु भयो । रगतका लागी फोन आउँछ ब्लड बैङ्कमा नै नभएपछि ब्यवस्थापनमा गाहो भएको उहाँको भनाई छ ।
रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि आफुहरुले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर दिने गरेको श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार अस्पतालहरुले दसैँको समयमा ठूला शल्यक्रिया नगरे पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको उहाँको भनाई छ । उहाँले रक्तदान लगाएतका कार्यक्रमहरु सुचारु गर्न सघ,संस्थाहरुलाई आग्रह समेत गर्नु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न