रुसले बुल्गेरियालाई हरायो युरोकप अघिको मैत्रीपूर्ण खेलमा

रुसले बुल्गेरियालाई हरायो युरोकप अघिको मैत्रीपूर्ण खेलमा

युरोकप यस भन्दा पहिलेको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । हिजो राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन । त्यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *