एलिनाको गीतमा पुष्कर ,श्रृष्टि र बिना (भिडियो)

एलिनाको गीतमा पुष्कर ,श्रृष्टि र बिना (भिडियो)

काठमाडौं। गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा हरि थापाको शब्द र संगीतमा रहेको छ ।

यस गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउत फिचर्ड छन्। सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक कथालाई चित्रण गरिएको छ। गीतको भाव अनुसार नै निर्देशकले भिडियो निर्माण गरेका छन्। यस गीतको भिडियोमा बाल कलाकार युवन तिवारीको पनि अभिनय देख्न सकिन्छ।

देव जोरीले छायांकन गरेको भिडियोमा देव महर्जनको द्वन्द छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका छन् । भिडियोलाई मिरन कुमार पोखरेल निर्माण गरेका हुन्। भिडियो ओएसार डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =  

Protected by Spam Master