श्रोत परिचालन साकोसद्धारा बाल बचतकर्ताहरुलाई स्टेशनरी वितरण
धादिङ, १२ कात्तिक
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरूलाई स्टेशनरी वितरण गरेको छ । साकोसको २७ औ स्थापना दिवसको अवसर पारेर संस्थाको मुख्य कार्यालय धादिङबेशी, कैलाश सदस्य सेवा केन्द्र गल्छि र सल्यानटार सदस्य सेवा केन्द्रबाट बाल बचतकर्ताहरूलाई स्टेशनरी वितरण गरेको हो ।
आईतबार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीले सम्पुर्ण सदस्यहरुमा संस्थाको तर्फबाट स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले संस्थाको तेस्रो रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिमा संचालक समिति प्रतिबद्ध रहेका भन्दै उक्त लक्ष्य प्राप्तिमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
श्रोत परिचालन साकोसले आजदेखि कात्तिक १७ गतेसम्म (शनिबार समेत वितरण कार्य तथा कार्यालय संचालन हुने ) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ ।
बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक बालबचतको पासवुक सहित आएर स्टेशनरी सामग्री संस्थाको मुख्य कार्यालय धादिङबेशी, कैलाश सदस्य सेवा केन्द्र गल्छि र सल्यानटार सदस्य सेवा केन्द्रबाट स्टेस्नरी लिनको लागि सम्पूर्ण बाल बचतकर्ता एवं अविभावक सदस्यहरुलाई साकोसले अनुरोध गरेकोे छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास