कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार
काठमाडौँ । घाँस काट्ने क्रममा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा केही सुधार आएको छ । मणिपाल शिक्षण अस्पतालका डाक्टरका अनुसार घिमिरेको स्वास्थ्यमा शुक्रबारभन्दा शनिबार केही सुधार आएको हो । घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुरका प्रकाश शुक्रबार बिहान छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक घर नजिकको भिरबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् । अस्पतालका अनुसार प्रकाशको टाउको र ढाडमा चोट र छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ ।
पोखरा नदिपुरको कन्या माध्यमिक विद्यालयमा ३७ वर्ष शिक्षण गराएका प्रकाशले त्यहाँबाट अवकाश भएपछि अभिनय क्षेत्रमा सक्रिय छन् । उनी अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशैभर प्रर्दशन भइरहेको छ । उनले ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘पञ्चेबाजा’ लगाएत दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास