कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ । घाँस काट्ने क्रममा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा केही सुधार आएको छ । मणिपाल शिक्षण अस्पतालका डाक्टरका अनुसार घिमिरेको स्वास्थ्यमा शुक्रबारभन्दा शनिबार केही सुधार आएको हो । घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुरका प्रकाश शुक्रबार बिहान छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक घर नजिकको भिरबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् । अस्पतालका अनुसार प्रकाशको टाउको र ढाडमा चोट र छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ ।
पोखरा नदिपुरको कन्या माध्यमिक विद्यालयमा ३७ वर्ष शिक्षण गराएका प्रकाशले त्यहाँबाट अवकाश भएपछि अभिनय क्षेत्रमा सक्रिय छन् । उनी अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशैभर प्रर्दशन भइरहेको छ । उनले ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘पञ्चेबाजा’ लगाएत दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी








