निर्देशनमा रायमाझीको सफलताको ह्याट्रिक
काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन चलचित्र हिट भयो भने यो शब्दले सम्बोधन गर्ने गरिन्छ ।
अहिले चलचित्र क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् । लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट चलचित्र निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो ।
‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको चलचित्र हो । चलचित्र अहिले तेस्रो सातामा प्रदर्शनरत छ । प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको चलचित्र राजेश बंशल र निर्देशक रायमाझीको निर्माणमा बनेको हो ।
उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको चलचित्र नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो । रमेश बिजीको लेखन रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास