३ हजार ३ सय ८४ जनामा थप सङ्क्रमण पुष्टि, ६ हजार भन्दा धेरै निकाे

३ हजार ३ सय ८४ जनामा थप सङ्क्रमण पुष्टि, ६ हजार भन्दा धेरै निकाे
Share this

बितेको २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यस सँगै निको हुनेको सङ्ख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार तीन सय ६६ पुगेको छ ।हालसम्म नेपालमा ७१ हजार तीन सय एक सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: 2021-June-12 समय 5:49 PM

202 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com