‘दुई कदम’को शिर्ष गीतमा रोमान्टिक इओन र सिमोन(भिडियो)

काठमाडौँ। उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को शिर्ष गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको छ। चलचित्र आगामी मंसिर २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २५, शुक्रबार १३:१६म भन्दा त्यो पात्र भिन्न हो-अभिनेत्री खड्का
खेलकुद२०८३ बैशाख २५, शुक्रबार १२:३४सर्वोच्चको आजको दैनिक पेशी सूची अरु दिनभन्दा दुई घण्टा ढिलो सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार ०८:१५लक्षित दर्शक भेट्न मोफसलमा रोल नं. १
समाचार२०८३ बैशाख २५, शुक्रबार ०६:२२तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध








