नेपाल चिकित्सकहरुको सम्मेलन सुरु « रिपोर्टर्स नेपाल

चितवन । नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो ।
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरु, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी हुनुभएको छ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी छन्। साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन्।
सङ्घका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरिका अनुसार प्यानल छलफल सुरु भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उनले जानकारी दिए ।
यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भइरहेका छन् । कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानदेखि प्राविधिक सत्र सुरु भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उनको भनाइ छ ।
हरेक दुई–दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन/तीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।
सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरु सुरु भएका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटालगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









