गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ पठाउने तयारी

गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकी जानकारी दिए ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

उनका आफन्तहरू अहिले वीर अस्पतालमा जममा भएका छन् । तर, अहिलेसम्म शव बुझ्न मानेका छैनन् ।

नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन विभिन्न समुहले प्रदर्शन पनि गरिहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =