आज देशका धेरै ठाउँमा मौसम सफा, वाग्मती, गण्डकी र लुम्बिनीका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज  देशका धेरै ठाउँमा मौसम सफा, वाग्मती, गण्डकी र लुम्बिनीका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना
Share this

देशका धेरै ठाउँमा आज मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो भने मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
पानी पर्ने ठाउका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने अनुमान छ ।

अन्तिम अपडेट: 2021-June-22 समय 8:56 AM

199 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com