बितेको २४ घण्टामा २ हजार ६ सय ३४ जनामा काेराेना सङ्क्रमण

बितेको २४ घण्टामा २ हजार ६ सय ३४ जनामा काेराेना सङ्क्रमण
Share this

गएको २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस लगाएत नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ हजार नौ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै बितेको २४ घण्टामा एक हजार पाँच सय ६५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १२ हजार नौ सय ९४ जना पुगेको छ । हाल नेपालमा २५ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै काेराेना सङ्क्रमणका कारण थप १५ जनाकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ६३ पुगेको छ ।

अन्तिम अपडेट: 2021-July-06 समय 6:06 PM

235 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com