सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गर्नुभएको छ । उहाँले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाउनुभयो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताउनुभयो ।
“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।” महामन्त्री थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको महामन्त्री थापाको आरोप छ । उहाँले भन्नुभयो– “सरकारले यो कदम सच्याउनुपर्छ ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








