विश्व कप क्रिकेटः उपाधी रक्षाको लागि भारत र अस्ट्रेलिया खेल्दै
विश्व कप क्रिकेटको उपाधिको लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।
आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १६, शुक्रबारसर्वोच्चद्वारा काँग्रेस सांसद टेकबहादुर गुरुङमाथिको निलम्बन फुकुवा
- खेलकुद२०८० चैत्र १६, शुक्रबारबागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबारसफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’
- समाचार२०८० चैत्र १६, शुक्रबारबागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने