यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक

काठमाडौं। निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र स्वभावअनुसार प्रस्तुत गर्दै कथा र शैलीको संकेत दिन्छ। यसले चलचित्र ग्याङ्स्टर जनरामा आधारित रहेको स्पष्ट पार्छ।
टिजरमा कलाकारहरूको प्रभावशाली अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको सशक्त ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले प्रभावकारी माहोल सिर्जना गरेका छन्।
निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर कथा मात्र होइन, यो युवापुस्ताको जीवन, पारिवारिक सम्बन्ध, संघर्ष र सफलताको खोजीमा उनीहरूले भोग्नुपर्ने यथार्थसँग जोडिएको कथा हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले त्यहाँको परिवेशलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
फिल्मका पात्रहरू बुटवलकै वास्तविक व्यक्ति र उनीहरूको जीवन अनुभवबाट प्रेरित छन्। भाषा, बोलीचाली र व्यवहारमा समेत स्थानीयपन झल्किने गरी निर्माण गरिएको यस चलचित्रले दर्शकसँग सहज रूपमा सम्बन्ध स्थापित गर्ने विश्वास निर्माण टिमको छ।
पात्रहरूलाई विश्वसनीय बनाउन निर्माण टोलीले लामो तयारी गरेको थियो। करिब एक हजार कलाकारको अडिसनमार्फत छनोट गरिएको टोलीलाई छ महिनासम्म अभिनय प्रशिक्षण र एक महिना एक्सन कार्यशालामा सहभागी गराइएपछि मात्र छायाङ्कन सुरु गरिएको थियो।
ल्याक्सी श्रेष्ठको निर्माण तथा मनीषा अधिकारीको सह-निर्माण रहेको यस चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला र विक्रम श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ।
त्यसैगरी, चलचित्रमा एनबी महर्जनको एक्सन निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









