स्वास्थ्य चौकीमा प्रयोगशाला सुरु भएपछि कुसुमवासीमा खुसियाली

राँझा (बाँके), ३ मङ्सिर । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि वडावासी खुसी छन् ।
प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएपछि कुसुमक्षेत्रका बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभरलगायत क्षेत्रका बासिन्दालाई उपचारका लागि सहज भएको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए ।
“यहाँ प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता थियो, अब स्थानीयवासीले आफ्नै गाउँमा सेवा पाउने भएका छन्”, वडाध्यक्ष खड्काले भने, “सामान्य रोगको परीक्षणका लागि पनि दिनभरको यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, यसलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्नेछ ।”
गाउँपालिकाले उपलब्ध गराएको पाँच लाख बजेटबाट कुसुम स्वास्थ्यचौकीमा प्रयोगशालासुरु गरिएको हो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले सबै नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न कुसुम स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन गरिएको बताए ।
सीमित स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी गाउँपालिकाले काम गरिरहेको उनको भनाइ थियो । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी गाउँपालिका लागिपरेको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसमा सबैको सहयोग र साथको आवश्यकता रहेको बर्ता ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याब सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकलाई ठूलो राहत मिलेको जानकारी दिए । स्वास्थ्यचौकीलाई पनि स्तरीय बनाउँदै लगिएको बताउँदै उनले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको जिकिर गरे ।
“गाउँपालिकाका सबै स्वास्थ्यचौकीलाई स्तरीय बनाउँदै लगिएको छ”, उनले गाउँपालिकाको वडा नं १ कुसुमक्षेत्र जिल्ला सदरमुकाम नेपालगञ्जबाट करिब ७० किलोमिटर टाढा दाङसँग जोडिएको छ । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार १९:१८गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
समाचार२०८२ असार २१, शनिबार १७:०९वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १५:१७‘नेशनल म्यूजिक अवार्ड २०८१’ असार २८ मा, कुमा र दुर्गेशसहित भव्य कन्सर्ट
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १३:०९चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु