दिक्तेल रुपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार

खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर) खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया) का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पु¥याएको छ ।
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो ।
नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए । “पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ ।
पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्”, उनले भने, “शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई बनेपा पु¥याइएको छ । बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ ।”
पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन् ।
दोस्रो चरणमा यही मङ्सिर–५ गते बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख रार्ईले जानकारी दिएका छन् । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् ।
पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो ।
पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ । समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ ।
गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियन्ताले बताएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न