Breaking News

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किन्यो

काठमाडौं। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’ को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच चलचित्र रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित चलचित्रले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्ने निर्देशक गुरुङले एक कार्यक्रममा बताएका थिए । चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । चलचित्रमा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।

About असल खबर

Check Also

ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट

काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *