‘सामाजिक सञ्जाल आगो हो, सदुपयोग नगरे झोसिन्छ’: एलिना चौहानको स्पष्ट सन्देश

काठमाडौं । ‘सामाजिक सञ्जालमा जे मन लाग्यो, त्यो लेख्ने छुट कसैलाई छैन’, गायिका एलिना चौहानको यो भनाइ पछिल्लो समय निकै सान्दर्भिक बनिरहेको छ। लगातारको गालीगलौज र अश्लील कमेन्टबाट पीडित बनेकी चौहानले अब चुप बस्ने हो भने यस्तो प्रवृत्ति झन् मौलाउने ठानेर खुला रूपमा विरोधमा उत्रिएकी हुन्।
उनी भन्छिन्, “गाली गरे पनि भाषा थाहा हुनुपर्यो, के लेख्न मिल्छ, के मिल्दैन त्यो बुझ्न जरुरी छ। व्यक्तिगत जीवनमा यसरी खनिनु कहाँको न्याय हो?”
चौहानले अमर्यादित प्रतिक्रिया दिने केही व्यक्तिहरूको स्क्रिनसट सार्वजनिक गरेपछि माफी माग्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने खालका टीप्पणीहरूका कारण आफू र परिवार तनावमा परेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीसामक्ष न्यायको गुहारसमेत मागेकी थिइन्।
साइबर ब्युरोमा उजुरी, माफी माग्न थाले गाली गर्नेहरू
उनले हालसम्म १५ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दिइसकेकी छन्। चौहान भन्छिन्, “मेरो डिभोर्स भयो भनेर गीतमा उस्तो गाइन्, यस्तो गरिन् भनेर गालीको वर्षा भयो। यस्तो अवस्थामा त आमाबुवालाई लाग्ने रहेछ— छोरीको ज्यान नै खतरामा पर्छ कि भनेर। त्यसैले कानुनी बाटो रोजेँ।”
‘आलोचना होस्, तर शिष्ट भाषा होस्’
एलिनाले आलोचना स्वीकार्छिन्, तर शब्द शिष्ट हुनुपर्छ भन्ने अडान लिन्छिन्। “तेरो स्वर मन परेन भन्नु ठीक हो,” उनी भन्छिन्, “तर पढ्नै नसकिने शब्द प्रयोग गर्नु भनेको सिधै आघात पुर्याउनु हो।”
उनका अनुसार, गलत कमेन्ट अहिले खोज्नुपर्छ, डरले माफी माग्नेहरू देखापरेका छन्। भ्युजको नाममा अश्लीलता लेख्ने चलनले धेरैको जीवन तहसनहस भएको तितो अनुभव उनले बाँडेकी छन्। “डलर कमाउन जे पनि लेख्ने हो भने त्यो गम्भीर सामाजिक समस्या हो,” उनले स्पष्ट भनिन्।
प्रधानमन्त्रीको समर्थनपछि थप आत्मबल
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साहसी छोरीहरू’ भन्दै एलिना चौहान र समीक्षा अधिकारीको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट लेखेपछि चौहान थप हौसिएकी छन्। उनले भनेका थिए, “गाली गर्ने प्रवृत्तिबाट समाजलाई जोगाउन यी दुई गायिकाको साहसिक तरिका प्रशंसनीय छ।”
सूचना सञ्चार विज्ञहरूको चेतावनी: ‘सामाजिक सञ्जाल आगोजस्तो हो’
सूचना प्रवाहको विषयमा आयोजित एक छलफल कार्यक्रममा संचारविद् भुवन केसीले सामाजिक सञ्जाललाई आगोजस्तो भने— “सदुपयोग गर्यो भने प्रकाश दिन्छ, नत्र जलाउँछ।” उनले सूचनाको दुरुपयोग रोक्न सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालबाट अफवाह फैलिन सक्ने भएकाले व्यक्तिगत र सार्वजनिक सीमारेखा बुझ्न जरुरी रहेको बताइन्। उनले चेतावनी दिइन्, “जानाजान अमर्यादित भाषा प्रयोग गरे कारबाहीको भागेदार बन्नुपर्नेछ।”
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेसले उत्तरदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै सही सूचना प्रवाह गर्न यस्ता छलफलले मद्दत पुर्याउने आशा व्यक्त गरे। गायिका एलिना चौहानले उठाएको आवाज केवल व्यक्तिगत पीडाको बयान होइन, यो सामाजिक चेतनाको खाँचोबारेको गम्भीर प्रश्न हो। सामाजिक सञ्जाल मार्फत बाँच्ने, बोल्ने र सिर्जना गर्नेहरुको सम्मान र सुरक्षा सुनिश्चित गर्न अब समाजले सोच बदल्नैपर्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो








